खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर–८ सिम्पानीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा निर्वाचित भएका छन् । वडाध्यक्ष पदमा एमालेका उम्मेदवारलाई हराउँदै थापा निर्वाचित भएका हुन् । निर्वाचित थापाले ५७३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार कृष्णबहादुर खड्काले ४८४ मत ल्याएका थिए ।