शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी तुवाचुङ–३ च्यास्मिटारको वडाध्यक्षमा कांग्रेसका भुपालसिं राई विजयी

हलेसी तुवाचुङ–३ च्यास्मिटारको वडाध्यक्षमा कांग्रेसका भुपालसिं राई विजयी

रोदिक खबर

२, जेठ २०७९
  • 3.1K
    SHARES
  • हलेसी तुवाचुङ–३ च्यास्मिटारको वडाध्यक्षमा कांग्रेसका  भुपालसिं राई विजयी

    खोटाङ, २ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा कांग्रेसका उम्मेदवार भुपालसिं राई वडाध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार महेश अधिकारीलाई १७ मतले पछि पार्दै राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    राईले ५६७ मत पाउँदा अधिकारीले ५५० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा भुपालसिंको प्यानल नै विजयी भएको छ । उनी च्यास्मीटारका पूर्वगाबिस अध्यक्ष पनि हुन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका भलाराज राईसँग पराजित भुपालले यसपल्ट वडाध्यक्षमा बाजी मारेका हुन् । तत्कालिन कांग्रेस वडा सभापति रहेका भलाराजले टिकट नपाएपछि एमाले प्रवेश गरेर वडाध्यक्षमा विजयी भएका थिए ।

    कांग्रेस वडासभापति रहेका अधिकारी पनि टिकट नपाएपछि चुनावअघि एमाले प्रवेश गरेर वडाध्यक्षमा उठेका थिए । निर्वाचनमा माओवादी केन्द्रका समशेर राईले १० मत पाएका छन् ।

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १९:२४:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको