शुक्रवार, भाद्र २६ गते २०८३

साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी विर्सिका राई विजयी

साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी विर्सिका राई विजयी

रोदिक खबर

२, जेठ २०७९
  • 4.5K
    SHARES
  • साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई  र उपाध्यक्षमा माओवादी केन्द्रकी विर्सिका राई विजयी

    खोटाङ । खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार रविप्रकाश राई विजयी भएका छन्। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार राई विजयी भएका हुन्। राईले निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका अर्जुनकुमार खड्कालाई ७८ मतले हराउदै गाउँपालिका अध्यक्षम निर्वाचित भएका हुन्।

    राईको १८५० मत ल्याउँदा खड्काले १७७२ मत पाएका थिए । खड्का २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए। यो पटक उनले त्यो बिरासत जोगाउन सकेनन्। पालिका अध्यक्षका प्रत्यासी एमालेका गोपी खड्काले ९६७ मत पाएका छन्।

    गाउँपालिका उपाध्यक्षमा भने माओवादी केन्द्रका विर्सिका राई विजयी भएकी छन्। उनले २०१२ मत पाएकी छन्। यस्तै, उपाध्यक्षका प्रत्यासी कांग्रेसका सरीता खड्काले १२२४, एमालेको दिलकुमारी राईले ९८६ र जनता समाजवादीका जयकुमार राईले २१४ मत पाएका थिए।

    वडातर्फ बाझेच्यानडाँडामा कांग्रेसका हेमन राई, रतन्छामा एमालेका जितेन राई, खिदिमामा माओवादी केन्द्रका गोविन्द तामाङ, मात्तिम–४ मा माओवादी केन्द्रका अर्जुन कट्वाल र मात्तिम– ५ मा कांग्रेसका जीवन खत्री वडाध्यक्षमा विजयी भएका छन्।

    योसँगै मतगणना सम्पन्न गाउँपालिकाको संख्या ५ पुगेको छ। जन्तेढुंगा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतगणना सम्पन्न भईसकेको छ।

    रावाबेशी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकामा मतगणना अन्तिम चरणमा छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ वडा र हलेसी तुवाचुङ नगरपालिकामा ४ वडामा मतगणना सकिएको छ।

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १९:३८:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको