खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरीमा नेकपा एमालेका उम्मेदवार मिलन राईको प्यानलै निर्वाचित भएको छ ।राईले ४३५ मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार राजेस थापालाई २४६ मतले पछि पार्दै बिजयी निर्वाचित भएका हुन् ।
७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष सम्हालेका राई पुनः वडामा दोस्रो पटक दोहोरिएका हुन् । एमालेले चारै जना सदस्यहरु पनि एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।