शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख/उपप्रमुखमा कांग्रेसको अग्रता 

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख/उपप्रमुखमा कांग्रेसको अग्रता 

रोदिक खबर

२, जेठ २०७९
  • 19.1K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख/उपप्रमुखमा कांग्रेसको अग्रता 

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगरप्रमुख/उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ । नेपाली कांग्रेसकी उम्मेदवार बिमला राईले ३१२१ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उम्मेदवार खडेन्द्र राईले २८४७ पाएका छन् ।

    उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रमेश राउतले २८६८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार अमेम्बर राईले २६२६ मत ल्याएका छन् ।

    अहिलेसम्म वडा नम्बर १, २, ३, १० र ११ को मतगणना कार्य सम्पन्न भएको छ । जसमा वडा नम्बर १, २, ३ मा  नेपाली कांग्रेसले जित हासिल गरेको छ भने वडा नम्बर १० र ११ एमालेले जित हासिल गरेको छ । अहिले वडा नम्बर ४ को मतगणना भईरहेको छ । 

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - २१:४९:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको