मनोज आचार्य
खोटाङको दिक्तेल रुपाकोट नगरपालिकामा नगरप्रमुख/उपप्रमुखमा गठबन्धनको अग्रता रहेको छ । गठबन्धनबाट नगरप्रमुखको नेपाली कांग्रेसबाट उम्मेदवार बनेका तीर्थराज भट्टराईले ५३८७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नगरप्रमुखको उम्मेदवार कुमार आचार्यले ३५८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २२७ मत र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले ९ मत प्राप्त गरेका छन् ।
यस्तै, गठबन्धनबाट उपप्रमुख बनेका माओवादी केन्द्रका विसन राईले ४९६५ र एमालेकी बिणादेवी राईले ३६७४ ल्याएकी छन् । दिक्तेलमा वडा नम्बर १, २, ३, ४, ५, ६, ८ को मतगणना कार्य सम्पन्न भएको छ भने अहिले वडा नम्बर ७ र वडा नम्बर ९ को मतगणना भईरहेको छ ।