शुक्रवार, भाद्र २६ गते २०८३

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी 

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी 

रोदिक खबर

३, जेठ २०७९
  • 8.1K
    SHARES
  • दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी 

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई हराउदै गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई  विजयी भएका हुन् ।

    गाउँपालिका अध्यक्षमा निर्वाचित लोकेन्द्रले २८०३ मत पाएका छन्, भने नइन्द्रले २१६२ मत पाएका छन् भने माओवादीका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले २०९३ मत पाएका छन् । 
    उपाध्यक्षमा एमालेकी उम्मेदवार अरुणा थापामगर विजयी भएकी छन् । थापामगरले २७३३, कांग्रेसेकी उम्मेदवार रमा कटुवालले २३१२ मत र माओवादीकी नैनकुमारी खत्रीले १७०६ मत ल्याएका छन् । 

    गाउँपालिका अध्यक्ष : लोकेन्द्र राइ (एमाले)
    गाउँपालिका उपाध्यक्ष : अरुणा थापामगर  (एमाले)
    १ नम्बर वडाध्यक्ष केशव खत्री  (कांग्रेस)
    २ नम्बर वडाध्यक्ष बद्री कटुवाल (कांग्रेस)
    ३ नम्बर वडाध्यक्ष भुपेन्द्र बस्नेत (एमाले)
    ४ नम्बर वडाध्यक्ष बबेन्द्र राई  (एमाले)
    ५ नम्बर वडाध्यक्ष डम्बर बहादुर खड्का  (कांग्रेस)
    ६ नम्बर वडाध्यक्ष मिलन राई (एमाले)
    ७ नम्बर  वडाध्यक्ष गन्धमान थापा मगर (एमाले)

    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०७:०२:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको