शुक्रवार, भाद्र २६ गते २०८३

खोटेहाङ गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी 

खोटेहाङ गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी 

रोदिक खबर

३, जेठ २०७९
  • 5.2K
    SHARES
  • खोटेहाङ गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी 

    खोटाङको खोटेहाङ गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार कविता राईलाई हराउदै गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उदिमबहादुर राई र उ उपाध्यक्षमा एमालेका राजन बञ्जरालाई हराउदै नेपाली कांग्रेसका रुपेश राई विजयी भएका हुन् । 

     अध्यक्षमा विजयी उदिमले निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईलाई ३८ मतले हराएका हुुन् । उदिमले ३७२८ मत ल्याएर विजयी हुँदा कविता ३६९० मत प्राप्त गरी पराजित भएकी छन् । अध्यक्षमा पराजित एमालेकी कविता यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् । उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३७३७ र पराजित एमालेका राजन बञ्जाराले ३३१० मत ल्याएका छन् ।

    ९ वडा रहेको यस गाउँपालिकामा ६ वडामा गठबन्धनका, २ वडामा एमालेका र १ वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नं. १, २ र ९ मा गठबन्धनबाट माओवादीको प्यानल नै विजयी हुँदा ३ मा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेस र वडा सदस्यहरूमा एमाले, ५ मा खुल्ला र दलित महिला वडा सदस्यमा एमाले र अरूमा गठबन्धनबाट माओवादी, ६ मा १ जना खुल्ला वडा सदस्य एमाले र अरू गठबन्धनबाट माओवादी, ८ मा वडाध्यक्षमा स्वतन्त्र र वडा सदस्यहरूमा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ र ७ मा एमालेको प्यानल विजयी भएको छ ।

    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०७:१२:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको