खोटाङको दिक्तेल रुपाकोट नगरपालिकामा नगरप्रमुख÷उपप्रमुखमा गठबन्धनको अग्रता रहेको छ । गठबन्धनबाट नगरप्रमुखको नेपाली कांग्रेसबाट उम्मेदवार बनेका तीर्थराज भट्टराईले ८४७४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नगरप्रमुखको उम्मेदवार कुमार आचार्यले ४८३४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २५९ मत र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले ९ मत प्राप्त गरेका छन् ।
यस्तै, गठबन्धनबाट उपप्रमुख बनेका माओवादी केन्द्रका विसन राईले ७६६६ र एमालेकी बिणादेवी राईले ५०८० मत ल्याएकी छन् ।