शुक्रवार, भाद्र २६ गते २०८३

बालेन शाहलाई १५ हजारभन्दा बढी मत

बालेन शाहलाई १५ हजारभन्दा बढी मत

रोदिक खबर

४, जेठ २०७९
  • 2.4K
    SHARES
  • बालेन शाहलाई १५ हजारभन्दा बढी मत

    काठमाडौं ४ जेठ । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ । आज बिहानको ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् ।

    उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।

    स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् । अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०७:१०:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको