शुक्रवार, भाद्र २६ गते २०८३

विराटनगरको नगरप्रमुखमा कांग्रेसका नागेश र उपप्रमुखमा एमालेकी शिल्पा विजयी

विराटनगरको नगरप्रमुखमा कांग्रेसका नागेश र उपप्रमुखमा एमालेकी शिल्पा विजयी

रोदिक खबर

७, जेठ २०७९
  • 3.1K
    SHARES
  • विराटनगरको नगरप्रमुखमा कांग्रेसका नागेश  र उपप्रमुखमा  एमालेकी शिल्पा विजयी

     ७ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको नगरप्रमुखमा  नागेश काेइराला र उपप्रमुखमा शिल्पा कार्की निर्वाचित भएका छन् । नगरप्रमुखमा  काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपप्रमुखमा एमाले उम्मेदवार कार्की ११४६१ मत अन्तरले विजयी भइन् ।

    नगरप्रमुखमा  नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट नगरप्रमुखका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।

    उपमेयरमा शिल्पा कार्की २५ हजार ६८०मत सहित विजयी हुँदा जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए । यसैगरी राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् ।

    प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - ०७:५२:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको