काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । अब ५०१८० मत मात्रै गणना हुन बाँकी छन् । साँझ ७ः ५० सम्मको अपडेटअनुसार बालेन साहले ४७७५२ मतका साथ अग्रता कायम राखेका छन् । यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८१५ मत पाएकी छन् । एमालेका केशव स्थापितले २७९७७ मत पाएका छन् ।