शुक्रवार, भाद्र २६ गते २०८३

भरतपुर महानगरको नगरप्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारी निर्वाचित

भरतपुर महानगरको नगरप्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारी निर्वाचित

रोदिक खबर

१०, जेठ २०७९
  • 2.8K
    SHARES
  • भरतपुर महानगरको नगरप्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारी निर्वाचित

    चितवन : चितवनको भरतपुर महानगरपालिकाको नगरप्रमुखमा रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्। सत्ता गठबन्धनबाट नगरप्रमुखको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहालले एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन्।

    यसैगरी सत्ता गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मत परिणाम केहि सयमा सार्वजनिक गर्ने तयारी गरेको छ। भरतपुरमा १७ वडा कांग्रेस, ५ वडामा एमाले, ३ वडामा माओवादी केन्द्र, ३ वडामा एकीकृत समाजवादी र १ वडामा स्वतन्त्रले जितेको छ।

    कांग्रेसले टिकट नदिएपछि वागि उठेका उम्मेदवार निर्वाचित भएका हुन्। रेणु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै नगरप्रमुख चुनिएकी थिइन् ।

    प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - १०:११:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको