शुक्रवार, भाद्र २६ गते २०८३

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतपत्रको पृष्ठभूमि रङ सेतो हुने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतपत्रको पृष्ठभूमि रङ सेतो हुने

रोदिक खबर

६, कार्तिक २०७९
  • 2.0K
    SHARES
  • प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतपत्रको पृष्ठभूमि रङ सेतो हुने

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको निर्वाचन आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ।

    पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणको रङ रातो मसीको रहेको आयोगको भनाइ छ। निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ। तिहारअघि थप ६ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ।

    बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ। पछिल्लो विवणअनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन्।

    प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - १५:०२:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको