शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा चुनावीसभा तीव्र

खोटाङमा चुनावीसभा तीव्र

रोदिक खबर

२०, कार्तिक २०७९
  • 2.4K
    SHARES
  • खोटाङमा चुनावीसभा तीव्र

    खोटाङ । खोटाङका प्रतिस्पर्धी राजनीतिक दलहरुले खुला चुनावी कार्यक्रमलाई तीव्र बनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशससभा सदस्य निर्वाचनका लागि जिल्लाका दलहरुले चुनाबी सभात तीव्र बनाएका हुन् ।

    कात्तिक १७ गतेसम्म घरदैलो कार्यक्रम गर्दै आएका दल तथा तिनका उम्मेदवारले शुक्रबारदेखि खुला प्रचारका कार्यक्रम सुरु गरेका छन् । मंसिर १ गतेसम्म खुला चुनावी कार्यक्रम गर्न पाउने व्यवस्था भएअनुसार जिल्लाका राजनीतिक दलले खुला चुनाबी सभालाई तीव्र बनाएका हुन् ।

    जनमत आफ्नो पक्षमा पार्नका लागि लोकतान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनले शुक्रबारदेखि खोटाङबजारबाट संयुक्त चुनावीसभा सुरु गरेको छ । गठबन्धनले आगामी कात्तिक २९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा चुनावी कार्यक्रमको तयारी गरेको छ ।

    खोटाङबजार र साकेलामा भएको कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ), नेपाली कांग्रेसका प्रदेश प्रदेश (ख) का उम्मेदवार भुपेन्द्र राई लागायतले सम्बोधन गरेका थिए ।

    विभिन्न पालिकाको बिभिन्न स्थानमा चुनावीसभा तय गरेको गठबन्धनले कात्तिक २९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित हेलिप्याडमा संयुक्त चुनावीसभा गरी खुलासभा समापन गर्ने जनाएको छ । गठबन्धनबाट प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी) का वीरबलकाजी राई उम्मेदवार रहेका छन् ।
    खुला प्रचारको समयमा निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । 
    यस्तै, नेकपा (एमाले)ले कात्तिक १९ (शनिबार) देखि ऐसेलुखर्कबाट गाउँपालिकाबाट चुनावीसभा सुरु गरेको छ । विभिन्न स्थान र समयमा चुनावी सभाको तय गरेको एमालेले मंसिर १ गते बराहपोखरी गाउँपालिकाको धर्तुङमा चुनावी सभा गर्ने जनाएको छ । एमालेबाट प्रतिनिधिसभामा विशाल भट्टराई, प्रदेशसभा (क)मा पाँचकर्ण राई (पिके) र प्रदेशसभा (ख)मा रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रिएका छन् ।

    यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले पनि चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । जसपाबाट प्रतिनिधिसभामा डाक्टर कृष्णकुमार (केके राई), प्रदेशसभा (क) मा राकेश राई र प्रदेशसभा (ख)मा प्रेमकुमार राई उम्मेदवार रहेका छन् ।

    प्रतिनिधिसभातर्फ राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई पनि आफ्नो पक्षमा माहोल सिर्जना गर्न व्यस्त रहेको जनाईएको छ ।

    प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - १७:३१:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको