शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई निर्वाचित

खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई निर्वाचित

रोदिक खबर

८, मंसिर २०७९
  • 3.6K
    SHARES
  • खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई निर्वाचित

    खोटाङ । खोटाङबाट प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामकुमार राई निर्वाचित  विजयी भएका छन् । उनले ३१ हजार ३५१ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई हराए । भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका छन् । राईले  एमालेका भट्टराइलाई २ हजार ६६९  मतान्तरले पराजित गरेका हुन् ।

    २०७४ सालको निर्वाचनमा एउटै टिमबाट राई प्रदेश सभा सदस्य निर्वाचित थिए भने भट्टराई  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जनता समाजवादीका कृष्णकुमार राईले १ हजार ९१४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पाटीका सर्जु श्रेष्ठले १ हजार ७६१ मत ल्याएका छन् । खोटाङमा ६७ हजार ४०८ मत खसेकोमा २ हजार ९८६ मत बदर भएको थियो ।

    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - १४:०२:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको