शुक्रवार, भाद्र २६ गते २०८३

बराहपोखरीमा दुई नवनिर्वाचित सांसदलाई एउटै माला

बराहपोखरीमा दुई नवनिर्वाचित सांसदलाई एउटै माला

रोदिक खबर

१२, मंसिर २०७९
  • 3.1K
    SHARES
  • बराहपोखरीमा दुई नवनिर्वाचित सांसदलाई एउटै माला

    खोटाङ । खोटाङमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकुमार राई र प्रदेशसभा सदस्यमा निर्वाचित भूपेन्द्र राईलाई शुभेच्छुक नेता तथा कार्यकर्ताले एउटै माला लगाइदिएका छन् ।

    विजयपछि मतदातालाई धन्यवाद दिन बराहपोखरी गाउँपालिका पुगेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई र प्रदेशसभा सदस्य राईलाई सोमबार शुभेच्छुक एवं कार्यकर्ताले एउटै मालाले बेरेका हुन् ।

    शुभेच्छुकले दुई जना जनप्रतिनिधिलाई ‘जिम्मेवारीको एउटै माला लगाइदिएको भन्दै नचुडाउँन’ आग्रह गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धन अन्तरगत रामकुमार माओवादी केन्द्र र भूपेन्द्र कांग्रेसबाट निर्वाचित भएका हुन् । निर्वाचित भए लगत्तै उनीहरु १० मंसिरदेखि विजयसभा एवं धन्यवाद ज्ञापन कार्यक्रममा हिँडिरहेका छन् ।

    १० मंसिरमा साकेला गाउँपालिका, ११ मंसिरमा खोटेहाङ गाउँपालिकामा विजय सभा गरेको गठबन्धनले १३ मंसिरमा हलेसी, १४ मंसिरमा ऐसेलुखर्क र १५ मंसिरमा केपिलासगढी गाउँपालिकामा कार्यक्रम तय गरेको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - १८:३२:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको