काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका एक मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए ।
जनमत पार्टीलाई सरकारमा ल्याउन मोदीलाई फिर्ता बोलाइएको हो । अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने माओवादीले जनाएको छ । जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।