शुक्रवार, भाद्र २६ गते २०८३

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज जवाफी बहस, आदेश आउने सम्भावना

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज जवाफी बहस, आदेश आउने सम्भावना

रोदिक खबर

२१, भाद्र २०८०
  • 5.0K
    SHARES
  • कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज जवाफी बहस, आदेश आउने सम्भावना

    कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा आज (बिहीबार) जवाफी बहस हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो।

    न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे सर्वोच्चमा विगत गत एकसातायता सुनुवाइ भइरहेको छ। सर्वोच्चको पूर्ण इजलासमा भएको सुनुवाइमा मंगलबार मुख्यमन्त्री उद्धव थापासहितका प्रतिवादीको तर्फबाट बहस भएको छ।

    यसअघि सोमबार निवेदकको तर्फबाट हिक्मत कार्की पक्षले बहस गरेका थिए। पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सार्वजनिक बिदा भएका कारण आज जवाफी बहस हुन लागेको हो।

    निवेदक र प्रतिवादीको बहस मंगलबारै सकिएको छ। जवाफी बहसपछि आजै आदेश आउने सम्भावना रहेको स्रोतले जनाएको छ। विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन्।

    यो रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो। त्यही अनुसार सोमबारदेखि पूर्ण इजलासमा बहस अघि बढेको हो। न्यायाधीश प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले आइतबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय दिएकी थियो।

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०८:१८:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको