शुक्रवार, भाद्र २६ गते २०८३

संविधान दिवसमा विभूषण घोषणा नगर्ने मन्त्रिपरिषद्को निर्णय, अध्ययनका लागि कार्यदल गठन गर्ने

संविधान दिवसमा विभूषण घोषणा नगर्ने मन्त्रिपरिषद्को निर्णय, अध्ययनका लागि कार्यदल गठन गर्ने

रोदिक खबर

२९, भाद्र २०८०
  • 9.1K
    SHARES
  • संविधान दिवसमा विभूषण घोषणा नगर्ने  मन्त्रिपरिषद्को निर्णय, अध्ययनका लागि कार्यदल गठन गर्ने

    काठमाडौं । सरकारले यस वर्ष संविधान दिवसका अवसरमा विभूषण नबाँड्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले विभूषणसम्बन्धी अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

    “संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने,” सरकारको निर्णयमा भनिएको छ ।

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - २०:०९:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको