खोटाङ । नेकपा एमाले जिल्ला कमिटि खोटाङका सदस्य एबं दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटिका पूर्व अध्यक्ष कृष्ण कार्की नेकपा माओबादी केन्द्र प्रवेश गरेका छन् । पार्टीसँग असन्तुष्ट कार्की शनिबार ओख्रेडाँडागाउँमा भएको कार्यक्रममार्फत औपचारिक रुपमा नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनलाई माओबादी केन्द्रका केन्द्रीय लेखा आयोग अध्यक्ष पेशल खतिवडाले स्वागत गरेका थिए ।
कार्की सहित नेकपा एकीकृत समाजवादी वडा कमिटि डाँडागाउँका अध्यक्ष शेरबहादुर थापा, कांग्रेसका वडा समिति उपसभापति गणेश कट्वाल, कांग्रेसका क्षेत्रीय प्रतिनिधि गंगाबहादुर बिक, एमालेबाट निर्वाचित पूर्व वडा सदस्य मनमायाँ बिकलगायत ३३ जना पार्टी प्रवेश गरेको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे आकाशले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि तत्कालिन पालिका कमिटि अध्यक्ष कार्कीले पदबाट राजीनामा दिएका थिए ।

