किराती राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन आयोजक समितिको संयोजकमा दिपेन

किराती राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन आयोजक समितिको संयोजकमा दिपेन

रोदिक खबर

४, माघ २०८०
  • 6.4K
    SHARES
  • किराती राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन आयोजक समितिको संयोजकमा दिपेन

    खोटाङ । नेकपा माओवादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल खोटाङको सम्मेलन आयोजक समिति गठन गरिएको छ । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानस्थित शहिद स्मृति सभाहलमा बिहिबार सम्पन्न भेलाले दिपेन थुलुुङको संयोजकत्वमा ५५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो ।

    मुलुकको अग्रगामी विकास, समृद्धि र समानता आजको आवश्यकता इतिहाँस, सभ्यता र संस्कृतिको संरक्षण गर्न पहिचान सहितको संघीयता भन्ने नारा सहित गठन गरिएको सम्मेलन आयोजक समितिको सदस्य सचिवमा सप्तमणी राई चयन भएका छन् ।

    नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य अजम्बर काङ्माङको प्रमुख आतिथ्यतामा भएको भेलामा किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष अशोक राई, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, केन्द्रिय सदस्य दुुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रिय सदस्य ध्रुव बुढाथोकी धिरेन, प्रदेश कमिटि सदस्य टंक थापा लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - २१:३०:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको