माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै, आज बाँकी सात समूहले सुझाव पेस गर्ने

माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै, आज बाँकी सात समूहले सुझाव पेस गर्ने

रोदिक खबर

३, फाल्गुण २०८०
  • 7.8K
    SHARES
  • माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै, आज बाँकी सात समूहले सुझाव पेस गर्ने

    काठमाडौँ । विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र पारित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ ।

    काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा बुधबार समूहगत छलफलपछि १३ वटा समूहबाट प्राप्त सुझावहरू प्रस्तुत भएका छन् भने बिहीबार बाँकी रहेका ७ वटा समूहका निष्कर्ष र सुझावहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

    त्यसपछि विधान संशोधनका प्रस्तावहरू पारित गर्दै बिहीबारै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    मंगलबारदेखि सुरु भएको अधिवेशनमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले विधानमा संशोधनसहितको प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमाथि सुझाव राख्ने क्रममा नेताहरूले पार्टीको विधानमा संशोधन गर्दा पार्टीको नाम र निर्वाचन चिन्ह नै फेर्नुपर्ने सम्मको सुझाव दिएका छन् ।

    अधिवेशनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जन वर्गीय संगठनका पदाधिकारीहरू सहभागी छन् ।

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ०८:४८:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको