समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ :  उपमहासचिव शर्मा

समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ :  उपमहासचिव शर्मा

रोदिक खबर

१०, चैत्र २०८०
  • 9.4K
    SHARES
  • समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ :  उपमहासचिव शर्मा

    खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा नेपाल सरकारका पूर्वअर्थमन्त्री जनार्दन शर्माले समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

    दिक्तेलस्थित भवनगैरामा निर्माण गरिएको प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैनेता शर्माले देशमा राजनीतिक अस्थिरता छ, राजनीतिक अस्थितरताले जनतामा निरासा छाएको छ, यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्वक रहेका बताए ।

    “राजनीतिक दलहरुले एजेण्डामा सहमति गर्नुप¥यो उनले भने राजनीतिक दलले सहमति नगरी देशले निकाश पाउँदैन ।” देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रबृत्ति मौलाएको प्रति इङ्गित गर्दै उनले विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको बताउदै नेताहरुले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुप¥यो । परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुप¥यो”, उनले भने, “सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।

    “संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता जस्ता उपलब्धीहरु माओवादीको दश वर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो, यसलाई समाप्त पार्न केही शक्ति लागिपरेका छन्, यो खतराको विषय हो”, उनले भने “यसलाई संरक्षण गर्दै कार्यान्वयन गर्न सबै जागरुक हुन आवश्यक छ ।

    जनतामा छिटो परिणम चाहिएको छ । परिणाम खोज्ने चाहनामा प्राप्त उपलब्धी गुम्ने खतरा छ । यसलाई सांस्कृतिक रुपान्तरण अभियानका रुपमा जनतालाई सूसुचित गर्न आवश्यक छ ।” नेता शर्माले शिक्षा, स्वास्थ्य र रोजगार नेपाल र नेपालीको मूल आधार भएकाले यसको सुधार आवश्यक आवश्यक रहेको बताउदै जनप्रतिनिधिहरुले सामाजिक न्याय, न्याय सम्पादन, निष्पक्षता र जनमुखी काम गर्नुपर्नेमा जोड दिए ।

    नेता शर्माले शहीदहरुको सपना पूरा गर्न हरेक नेतृत्वले पहल कदमी गर्नुपर्ने पनि उल्लेख गरे । नेता शर्माले प्रतिष्ठानको भवनसँगै सोही भवनमा स्थापना गरिएको पुस्तकालयसमेत उद्घाटन गरेका थिए । प्रतिष्ठानको छ आना जग्गामा निर्माण गरिएको चारतले पक्की भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको कार्यालयसमेत राखिएको छ ।

    भवन निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ मा तत्कालीन १ नंं प्रदेश (हालको कोशी प्रदेश) सरकारको २० लाख तथा आर्थिक वर्ष २०७६/०७७ मा एक करोड २० लाख, आर्थिक वर्ष २०७८/०७९ मा दश लाखगरी एक करोड ५० लाखमा ठेकेदारमार्फत भवन निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेश राईले जानकारी दिए ।

    भवनका लागि आर्थिक वर्ष २०८९/८० मा कोशी प्रदेश सरकारबाट प्राप्त ७५ लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट आर्थिक वर्ष २०७९/०८० मा दश लाख प्राप्त भएको जनाइएको छ । प्रदेशबाट प्राप्त ७५ लाखबाट भिडियो कडुमेन्ट्री निर्माण, दुईवटा ल्यापटप, एक क्यामेरा र एकवटा प्रोजेक्टर खरिद गरिएको प्रतिष्ठानले जनाएको छ ।

    सोही रकमबाट भवनको माथिल्लो तलमा ट्रस निर्माण, कुर्सी र टेबल खरिद, भवन कलरिङ, तीन लाख पुस्तक खरिद, दुई ५० हजारको पुस्तक छाप्नुका साथै द्धन्द्धपीडितको सामाजिक, आर्थिक अवस्था सर्वेक्षेण तथा प्रतिष्ठानको वेबसाइट निर्माण गरिएको जनाइएको छ ।

    नगरपालिकाबाट प्राप्त दश लाख रकमबाट द्धन्द्धपीडितको जीविपोर्जनका लागि नगरपालिकाभित्र रहेका २५ जना द्धन्द्धपीडितलाई १५ हजारका दरले उपलब्ध गराइएको जनाइएको छ । वि.सं. २०७५ पुस–२७ गते तत्कालीन प्रदेशसभा सदस्य (वर्तमान प्रतिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’, शहीद माता जयन्तादेवी कार्की र शहीद पत्नी शान्ति श्रेष्ठले संयुक्तरूपमा भवनको शिलान्यास गरेका थिए।

    प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - १८:१३:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको