खोटाङ । प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सबिना अछामे चयन भएकी छन् । जिल्ला समन्वय समितिको सभा हलमा सोमवार सम्पन्न भएको पाँचौं जिल्ला अधिबेसनबाट अछामे सर्वसहमत अध्यक्षमा चयन भएकी हुन् ।
समितिको उपाध्यक्ष दिनेश राई, सचिवमा ज्ञानेन्द्र बिक, सह–सचिवमा तिलक साम्पाङ, सदस्यहरुमा चित्रकुमार श्रेष्ठ, पुष्कल राई, युवराज राई, नवीन सुनाम, दीक्षा राई र नारदमणी राई चयन भएका छन् । नेकपा माओवादी केन्द्र खोटाङका इन्चार्ज ध्रुब बुढाथोकी (धिरेन) ले अधिबेसनको उद्घाटन गरेका थिए ।