खोटाङ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको अध्यक्षमा दानबहादुर राई चयन भएका छन् ।
माओवादी केन्द्र नगर कार्यसमितिको गएराति सम्पन्न दोस्रो अधिवेशनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका निर्वाचित वडाध्यक्षसमेत रहेका राई सर्वसम्मत नगर पार्टी अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षहरुमा हात्तीराम राई, गङ्गाबहादुर विश्वकर्मा र शरद राई, सचिवमा चिउरीडाँडाका डिल्लीराम खड्का ‘डिआर’, सहसचिवमा सिर्जना राई र कोषाध्यक्षमा सुवती राई चयन भएका छन् ।
५६ सदस्यीय नगर कार्यसमितिको सदस्यहरुमा दिनेश कठेत, धुर्वबिक्रम राई, रामकुमार हिङमाङ, पार्वती आचार्य, तुलाराम विश्वकर्मा, रोहितकुमार सैँजू, टङ्कप्रसाद आचार्य, गोमा विश्वकर्मा, दीर्पनारायण आचार्य, सप्तमणि राई, रेनुका दाहाल, राजकुमार राई, विनोद राई, केशव पुर्कुटी, सुरेश बस्नेत, देवान राई, टीकाराम श्रेष्ठ, गणेशबहादुर अधिकारी चयन भएका छन् ।
यस्तै, मिनाकुमारी घिमिरे, उमेश राई, सुकदेव राई, चेतनाथ आचार्य, पर्शुराम राई, रविन राई, मनोज खड्का, सीताराम राई, जितबहादुर हिङमाङ, रुपक परियार, जयकला राई, सर्वजित राई, पर्शुराम बानियाँ, कविराज राई देउकुमार राई, लालबहादुर मगर ‘एलबी’, दिलकुमार राई र ज्ञानेन्द्र विश्वकर्मा भएका छन् ।
यस्तै , धनशोभा राई र वीरश श्रेष्ठ, गङ्गा विश्वकर्मा, स्मीता राई, विष्णुमायाँ तामाङ, डार्विन चाम्लिङ, कल्पना बास्तोला, जगतभक्र राई, रिजन राई, भूपेन्द्र किराती र अम्बिका ढकाल चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण गुरुङले जानकारी दिए।
निर्वाचित नगर कार्यसमितिलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराएका थिए ।
नगर कार्यसमितिको दोस्रो अधिवेशनको औपचारिक उद्घाटन पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य ध्रुब बुढाथोकी ‘धिरेन’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’ लगायतको उपस्थिति रहेको थियो ।