खोटाङ १८ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा ईश्वर लम्साल सर्वसम्मत चयन भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउन्डेसनमा आइतबार सम्पन्न १३ औं जिल्ला अधिवेशनबाट लम्साल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले लम्सालको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा नविन चाम्लिङ र निर्मला कार्की, सचिवमा संसारमान राई, सह–सचिवमा मञ्जु आचार्य (अधिकारी) कोषध्यक्षमा हरिराम बस्नेत र सह–कोषध्यक्षमा चित्रकला भुजेल चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा राजकुमार तामाङ, रामकुमार श्रेष्ठ, थलराज ओली, शहरमान राई, रामकृष्ण बस्नेत, प्रदिप घिमिरे, बुद्धिनाथ कोइराला, हरिकुमार राई, टेकबहादुर मगर, डिल्लिराम तामाङ, देबेन्द्रराज शर्मा, कृष्णबहादुर राई, भरत राई, सत्यकला राई, रीता बस्नेत, हरि ढकाल, कृष्णप्रसाद आचार्य र अमिरा राई चयन भएका छन् अधिवेशनले दश वटै स्थानीय तहका प्रदेश प्रतिनिधि छनौट गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट शिवकला राई, गोपाल बास्तोला र प्रेमसुन्दर राई, हलेसी तुवाचुङ नगरपालिकाबाट खेमराज राई र राजकुमार राईलाई छनौट गरेको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाबाट दर्शन अधिकारी, बलिधन कार्की, रावाबेँसी गाउँपालिकाबाट हर्कबहादुर कार्की र चिरञ्जीवि निरौला,केपिलासगढी गाउँपालिकाबाट मनिता राई र भरतकुमार विष्ट, साकेला गाउँपालिकाबाट पारसमनि ढकाल र तेजबहादुर खत्री, दिप्रुङ चुइचुम्मा गाउँपालिकाट, ढाकमशेर राई र जीतबहादुर थापा, खोटेहाङ गाउँपालिकाबाट खड्गबहादुर खड्का र किशोर कुमार आचार्यलाई प्रदेश प्रतिनिधिमा छनोट गरेको छ ।
यस्तै, जन्तेढुङ्गा गाउँपालिकाबाट राजन पराजुली र जीवनकुमार राई, बराहपोखरी गाउँपालिकाबाट डिकबहादुर खड्का र धनबहादुर राउतलाई प्रदेश प्रतिनिधिमा छनोट गरेको हो ।
प्रदेश प्रतिनिधि खुल्लामा कृष्णप्रसाद अधिकारी, गोविन्द पोख्रेल, शंकरमान खत्री, तोर्णबहादुर कार्की र अम्बिका पौडेलाई छनोट गरेको बताइएको छ ।
केन्द्रीय प्रतिनिधिमा टंक कट्वाल, जेनी राई, सर्मिला राई र दुर्वासा भट्टराईलाई छनोट गरेको छ । अधिवेशनको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रिय महासचिव हंश शाहीले उद्घाटन गरेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति खोटाङका अध्यक्ष कटुवालको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय समिति सदस्यहरु मनकाजी राई, जनक देवकोटा, कोशी प्रदेश अध्यक्ष महेन्द्र गौत्तम, उपाध्यक्ष कुमार पराजुली, नेकपा एमाले जिल्ला कमिटि खोटाङका अध्यक्ष देवबिक्रम राई, निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष कुमार आचार्य, सचिव सुरेन्द्रकुमार राई, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य एवम् दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेश सदस्य केशरकुमार राईलगायतको उपस्थिति रहेको थियो।