शुक्रवार, भाद्र २६ गते २०८३

वडाध्यक्ष चौहान पक्राउ

वडाध्यक्ष चौहान पक्राउ

रोदिक खबर

२०, पौष २०८२
  • 25.9K
    SHARES
  • वडाध्यक्ष चौहान पक्राउ

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष लिला कुमार चौहान पक्राउ परेका छन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का खड्ग खत्रीको घरको ढोका हानेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहान आइतबार साँझ पक्राउ परेका हुन्।

    मादक पदार्थ सेवन गरी लठ्ठ अवस्थामा रहेका वडाध्यक्ष चौहानले खत्रीको घरको ढोका हानेको र खत्रीकी श्रीमती तथा सोही घरमा काेठा बस्दै आएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहाललाई हेल्मेटले प्रहार गरेको आरोप स्थानीयले लगाएका छन्।

    घटनापछि स्थानीयले वडाध्यक्ष चौहानलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।

    पक्राउ परेका चौहानलाई  प्रहरी हिरासतमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    वडाध्यक्ष चौहान एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - २२:५४:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको