शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङका सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुग्यो

खोटाङका सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुग्यो

रोदिक खबर

२२, फाल्गुण २०८२
  • 1.6K
    SHARES
  • खोटाङका सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुग्यो

    खोटाङ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत खोटाङ जिल्लाका सबै मतदान स्थलबाट संकलित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन्।

    जिल्लाका १३६ वटा मतदान स्थलका मतपेटिका दिक्तेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याइएको हो।

    शुक्रबार बिहान ८ बजेर १८ मिनेट जाँदा वराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका मतपेटिका कार्यालयमा आइपुगेपछि जिल्लाका सबै मतपेटिका संकलन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    मतदान सम्पन्न भएपछि सुरक्षा निकायको कडा निगरानीमा विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम दिक्तेल ल्याइएको हो।

    अब आवश्यक प्रक्रिया पूरा गरी सर्वदलीय सहमतिमा मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २२, २०८२ शुक्रवार - ०९:१५:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको