१० फुटबल क्लवलाई खेलकुद सामग्री प्रदान 

१० फुटबल क्लवलाई खेलकुद सामग्री प्रदान 

रोदिक खबर

२९, मंसिर २०७७
  • 4.3K
    SHARES
  • १० फुटबल क्लवलाई खेलकुद  सामग्री प्रदान 

    खोटाङका फुटबल क्लवलाई अखिल नेपाल फुटबल संघ (एन्फा )ले उपलव्ध गराएको खेलकुद सामग्री प्रदान गरिएको छ । खोटाङले एन्फाको सदस्यता पाएको केही समयपछि जिल्ला फुटबल संघमार्फत १० वटा फुटबल क्लवले पहिलोपल्ट एन्फाको सेवा सुविधा वापतको खेलकुद सामग्री प्राप्त गरेको हो ।

    एन्फासँगको आवद्धता प्राप्तीसँगै एन्फाले यसपल्ट देखि जिल्ला फुटबल संघलाई खेलकुदका सामग्री खरिदका लागि बजेट उपलव्ध गराउन थालेको हो ।

    एन्फाले उपलव्ध गराएको ५० हजारबाट फुटबल संघमा आवद्ध फुटबल क्लवलाई फुटबल लगायतका खेल सामग्री खरिद गरेर प्रदान गरिएको जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राईले बताए ।

    फुटबल संघमा आवद्ध बाक्सिला फुटबल क्लव, बुईपा एलाभेन स्पोर्टस् क्लव, सोल्मा स्पोर्टस् क्लव, खोटाङ फुटबल एकेडेमी, खारम्बु स्पोर्टस् क्लव, हलेसी तुवाचुङ फुटबल क्लव, खोटाङ भगवती स्पोर्टस् क्लव, जन्तेढुंगा फुटबल क्लव, नुनथला स्पोर्टस् क्लव र नमूना स्पोर्टस् क्लव लफ्याङलाई ५/५ वटा फुटबल लगायतका खेल सामग्री प्रदान गरिएको छ ।

    खोटाङ फुटबल एकेडेमीको माटिकोरे (दिक्तेल)स्थित कार्यालयमा फुटबल क्लवका अध्यक्ष तथा प्रतिनिधिलाई प्रदेशसभा सांसद रामकुमार राई पासाङले खेल सामग्री हस्तान्तरण गरेका थिए ।

    खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रदेश समिति सदस्य समिर राई, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष माईतीराज राई, खेलकुद सम्वद्ध व्यक्ति लगायतको उपस्थिति रहेको थियो । 

    खेलकुदका सामग्री व्यवस्थापनका लागि एन्फाले केही समयपछि पुःन फुटबल संघलाई ५० हजार निकासा दिने जनाइएको छ । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई एन्फाले २०७६ सालमा सदस्यता दिने निर्णय गरेको थियो । 

    प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ००:०३:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको