अन्तर वडास्तरीय फूटवलमा बुइपा र रतन्छाको विजयी शुरुवात

अन्तर वडास्तरीय फूटवलमा बुइपा र रतन्छाको विजयी शुरुवात

रोदिक खबर

१८, पौष २०७७
  • 8.2K
    SHARES
  • अन्तर वडास्तरीय फूटवलमा बुइपा र रतन्छाको विजयी शुरुवात

    खोटाङ । खोटाङमा उद्घाटित अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगितामा बुइपा र रतन्छाले बिजयी शुरुवात गरेका छन् ।

    नेर्पा स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित खेलमैदानमा शनिवार उदघाटन गरिएको खेल अन्तर्गत सोही नगरपालिका–१४ बुइपा र साकेला गाउँपालिका–२ रतन्छाले विजयी शुरुवात गरेको हो । 

    भोजपुरका एक वडा समेत गरी २३ वडा सहभागी प्रतियोगिताको पहिलो खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै बुइपा अघि बढेको हो । खेलमा बुइपाका डिफेण्डर विजय राई म्यान अफ दी म्याच घोषित भएका छन् ।

    यस्तै, पहिलो दिनको दोश्रो खेलमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेविरुद्द साकेला गाउँपालिका–२ रतन्छाले २–० गोल अन्तरको जीत हासिल गरेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का वडाध्यक्ष माधव राईको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो । उद्घाटन खेलको रुपमा नेर्पास्थित विद्यालयका शिक्षक तथा राजनीतिकर्मीवीच ‘सो म्याच’ गराईएको थियो । उक्त म्याचमा शिक्षकले राजनीतिकर्मीलाई १–० गोलले पराजित गरेको खेल संयोजक विरेन गुरुङले जानकारी दिए ।

    दोश्रो दिनको पहिलो खेल दिरुम नगरापालिका–८ दोर्पा र सोही नगरपालिका–५ लफ्याङवीच हुने आयोजकले जनाएको छ ।  
    प्रतियोगिताका प्रथम टिमले नगद १ लाख १ हजार १ सय ११ र दोश्रो टिमले ५५ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

    प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई ३ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजक नेर्पा स्पोर्टस क्लवले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - २३:०५:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको