खोटाङ । दिक्तेलमा खोटाङ फुटबल संघको कार्यालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा फुटबल संघको कार्यालय खोलिएको हो ।
नगरपालिकाको कार्यालय सञ्चालन गरिएको पुरानो स्थानमा बुधबार अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल संघको कार्यालय उद्घाटन गरेका छन् ।
जिल्ला फुटबल संघ स्थापना भएको चार वर्षपछि भाडाको कार्यालय स्थापना गरिएको हो । २०७३ सालमा स्थापना गरिएको फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन् । जिल्ला फुटबल संघकै पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको हो ।
२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।