खोटाङको दिक्तेलमा आयोजित जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको फाईनल खेल अगाडि पत्रकार र आयोजक केएफए भेट्रान टिमबिच भएको मैत्रीपूर्ण खेलमा आयोजक भेट्रान टिम विजयी भएको छ ।
दिक्तेलको माटिकोरे खेलमैदानमा सोमबार भएको मैत्रीपूर्ण खेलमा सडेन डेथमा पत्रकारलाई ३ का बिरुद्ध ४ गोल गर्दै केएफए भेट्रान टिम विजयी भएको हो ।
निर्धारित समय गोल रहित सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नूरकाजी सैजुले बताए ।