खोटाङ । खोटाङमा आगामी बैशाख १० गतेदेखि बुइपामा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको निर्धारित तालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल संघको दिक्तेलस्थित कार्यालयमा सोमवार बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगीता अन्तरगत हुने (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीताको निर्धारित तालिका सार्वजनिक गरेको हो ।
(ए) डिभिजन लिग फुटबल प्रतियोगीता बैशाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता बैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल संघका सदस्य सनम राई (जोजो)ले जानकारी दिए ।
यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राजावासस्थित यलम्बर खेलमैदानमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ । जिल्ला लिग बैशाख १० गते उद्घाटन भए पनि प्रतियोगीता भने दोश्रो दिनदेखि मात्र सञ्चालन हुने सदस्य राईले जानकारी दिए ।
जिल्ला फुटबल संघका अनुसार (ए) डिभिजन अन्तरगत बैशाख ११ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र बाक्सिला फुटबल क्लवबिच, दिउँसो १ बजे सोल्मा स्पोर्टस् क्लव र खारम्बु स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच खेल हुने छ ।
यस्तै, बैशाख १२ गते बिहान ११ बजे बाक्सिला फुटबल क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिचमा, दिउँसो १ बजे खारम्बु स्पोर्टस् क्लव र खोटाङ भगवती स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे खोटाङ फुटबल एकेडेमी र सोल्मा स्पोर्टस् क्लवबिचमा खेल हुने जिल्ला फुटबल संघका सदस्य राईले जानकारी दिए ।
बैशाख १३ गते बिहान ११ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र सोल्मा स्पोर्टस् क्लवबिच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र हलेसी तुवाचुङ फुटबल क्लवबिचमा तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टंस् क्लवबिचमा प्रतिष्पर्धा हुने निर्धारित तालिकामा उल्लेख छ ।
यस्तै, बैशाख १४ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र खोटाङ भगवती स्पोर्टस् क्लवबिच, दिउँसो १ बजे बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव तथा दिउँसो ३ बजे हलेसी तुवाचुङ फुटबल क्लव र खारम्बु स्पोर्टस् क्लवबिच खेल हुने छ ।
बैशाख १५ गते बिहान ११ बजे सोल्मा स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खोटाङ भगवती फुटबल क्लवबिच खेल हुने संघले जनाएको छ ।
(बि) डिभिजन अन्तरगत बैसाख १६ गते दिउँसो १ बजे जन्तेढुंगा फुटबल क्लव र बुईपा एलाभेल स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे नुनथला फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबिचमा प्रतिष्पर्धा हुने छ ।
यस्तै, बैशाख १७ गते बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना स्पोर्टस् क्लवबिच तथा जन्तेढुंगा फुटबल क्लव र नुनथला फुटबल क्लवबिच खेल हुने छ । बैशाख १८ गते जन्तेढुंगा फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबिच तथा बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना फुटबल क्लवबिचमा खेल हुने फुटबल संघले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको हो । २०७६ सालको लिगमा प्राप्त गरेको अंकको आधारमा जिल्लाका ६ वटा टिम (ए) डिभिजनमा र ४ वटा टिम (बि) डिभिजनमा परेको हो ।
(ए) डिभिजन लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्न पाउने जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबविक्रम राईले बताए । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगीता गरेको थियो ।
२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो ।