बिहिवार, कार्तिक १३ गते २०८३

माल्टामा भएको अनलाइन काँता विश्व च्याम्पियनसिपमा नेपाल च्याम्पियन, रोस्मा राई भइन प्रथम

माल्टामा भएको अनलाइन काँता विश्व च्याम्पियनसिपमा नेपाल च्याम्पियन, रोस्मा राई भइन प्रथम

रोदिक खबर

२२, भाद्र २०७७
  • 7.5K
    SHARES
  • माल्टामा भएको अनलाइन काँता विश्व च्याम्पियनसिपमा नेपाल च्याम्पियन, रोस्मा राई भइन प्रथम

    खोटाङ । माल्टामा आयोजित सितोरियो करातेको ओटिडव्लु अनलाईन काँता विश्व च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको छ ।

    कोभिड–१९ को महामारीका कारण माल्टाले भर्चुअल माध्यमबाट आयोजना गरेको २१ वर्षदेखि ३५ वर्ष उमेर समुह अन्तरगत तेश्रो केवाइयू महिला प्रतिष्पर्धामा नेपालका खेलाडीले तीन वटै शिर्ष स्थानमा कब्जा जमाएको छ ।

    आइतबार प्रकाशित नतिजा अनुशार नेपालकी रोश्मा राईले प्रथम, सुमना राईले दोश्रो र विद्याकला राईले तेश्रो स्थान प्राप्त गरेकी छन् । पहिलो र तेश्रो स्थान प्राप्त विजेता नेपाल सितोरिया कराते संघ खोटाङमा आवद्ध खेलाडी हुन् ।

    दोश्रो स्थान प्राप्त खेलाडी धरान रंगशाला डोजोकी खेलाडी हुन् । गत अगष्टमा आयोजना गरिएको प्रतियोगीतामा नेपाल, इटाली, इङल्याण्ड, रोमानीय, जापान र माल्ट्राका १६ जना खेलाडीको सहभागी रहेको थियो ।

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - २२:४७:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको