सिद्धान्त र इशालाई स्वर्ण

सिद्धान्त र इशालाई स्वर्ण

रोदिक खबर

१, आश्विन २०८०
  • 7.1K
    SHARES
  • सिद्धान्त र इशालाई स्वर्ण

    काठमाडौँ। सिद्धान्त बलामीले ११ औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको अन्तिम दिन आइतबार स्वर्ण जितेका छन् ।

    नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुष ७३ केजीमुनि फाइनलमा नागार्जुन डोजाङका सिद्धान्तले आयुष चौधरीलाई पराजित गरे । यो इभेन्टमा इसाक राई र जाहिद इफ्तेखार संयुक्त रूपमा तेस्रो भए ।

    सिनियर पुरुष ६३ केजीमुनि प्रदीप विश्वकर्माले सञ्जाल श्रेष्ठलाई फाइनलमा हराउँदै पहिलो भए । विशान्त केसी र सोनम लामाले तेस्रो स्थान हात पारे । सिनियर महिला ४६ केजीमुनि अञ्जली साउदले स्वर्ण जितिन् । नेपाल पुलिसकी उनले सदीक्षा कार्कीको चुनौतीलाई पन्छाएकी थिइन् । मनीषा वाइबा र सुप्रिमा बजगाईं तेस्रो भए ।

    जुनियर ४६ केजीमा कावासोती डोजाङकी इशा महतोले स्वर्ण जितिन् । उनले फाइनलमा तिलोत्तमाकी दीपिका कार्कीलाई पराजित गरिन् । गंगा बुढामगर र रीतु पार्की संयुक्त रूपमा तेस्रो भए ।

    प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १०:५४:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको